मुलुक र पार्टी चलाउन प्रधानमन्त्री तथा अध्यक्ष भएको हुँ, गुट चलाउन हैन

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु खुल्ला किताव जस्तै भएको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिको यात्रालाई अघि बढाउनु नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनमा बुधबारबाट सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ का लागि पत्रकार भूषण दाहाललाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले जनताको विकास प्रतिको मुर्छित चाहनालाई पुरा गर्नु वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले आफु प्रधानमन्त्री कुनै सानो गुट र उपगुट चलाउन नभई मुलुक र पार्टीलाई चलाउन प्रधानमन्त्री भएको उद्घोष गर्नुभयो ।

विगतको लामो इतिहासदेखी जनताको तिव्र विकास प्रतिको चाहनालाई पुरा गर्ने प्रतिवद्धताका साथ करिव दुई तिहाई नजिक जनताको अभिमत प्राप्त गरेको स्मरण गर्दै उहाँले सत्य, वास्तविकता, मुलुक र जनताको लागि आवश्यकताविरुद्ध कहिले पनि नलड्ने साथै कसैको शक्तिको लागि भने कहिले पनि नझुक्ने उद्घोष गर्नुभयो ।

“जनता र मुलुक आफ्नो लागि सर्वपरि हो । जनताको जनअभिमतका आधारबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सत्यको लागि आफु जे पनि गर्न तयार छु तर विदेशी शक्तिको लागि भने शिर झुकाउदिन”

प्रधानमन्त्री ओलीले कुरा काट्नेलाई कामले जवाफ दिने समेत बताउनुभयो । लोकप्रिय मानिसलाई अघि बढ्न नदिने प्रवृत्तिको अन्त्य गराएको समेत उहाँले उदाहरण प्रस्तुत गर्नुभयो । आफ्नो बचन बद्धतामा पछाडी फर्कने आफ्नो बानी नभएको उल्लेख गर्दै बोलेको कुरा गरेरै छाड्ने समेत स्पट पार्नुभयो ।

‘म कसैप्रति आरोप लगाइरहेको छैन । अस्ति पत्रकार सम्मेलन भयो । मैले कुनै जवाफ पनि दिइनँ । तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ । म चुप लागेर बसेको छु । त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ।

कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ । मैले त्यसको कुनै जवाफ दिएको छैन । म के भन्न चाहन्छु भने पार्टी फुट्दैन ।

र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो । भोलि १ भनेर गन्न सुरु गर्नुहोला ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*