काठमाडौ महानगरका २ वडामा अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न सूचना

काठमाडौं । काठमाडौं काठमाडौं महानगरपालिकाले वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवा दिने बाहेकका पसल र उद्योग व्यवसाय नखोल्न व्यवसायीहरुलाई सूचना जारी गरेको छ ।

कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै महानगरले १२ र २१ वडामा अत्यावश्यक पसल मात्रै खोल्न भनेको हो । त्रिपुरेश्वरदेखि टेकुसम्म वडा नम्वर १२ र लगनटोल २१ मा पर्छ।

कोरोना भाइरस संक्रमण अत्याधिक बढेपछि महानगरले वडा नम्बर १२ र २१ मा औषधि, खाद्यान्न र पानी पसलबाहेकका अरू पसल नखोल्न सुचित गराएको हो । ती स्थानमा खाद्यान्न पसल पनि बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ ।

‘मदिरा पसल, तयारी पोशाक, जुत्ता पसल र कलकारखाना आदी बन्द गर्न अनुरोध गरिन्छ’ साउन २६ गतेको बैठकपछि महानगरले जारी गरेको सूचनामा भनिएको छ । -रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*