कोरोना संक्रमित भेटिएपछि सुनसान बन्यो असन क्षेत्र

काठमाडौ । राजधानी उपत्यकामा केही दिनयता कोरोनाभाइरसको संक्रमणको जोखिम बढेको छ । दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । काठमाडौँ कोरोना संक्रमणको हटस्पट त बन्ने होइन भन्ने त्रास बढेको छ ।

राजधानीको व्यस्त व्यावसायिक क्षेत्र मानिने असनक्षेत्रमा पनि कोरोनाभाइरसका संक्रमितहरु भेटिएका छन् । संक्रमण फैलिन नदिन अहिले सो क्षेत्रका पसलहरु बन्द गरिएका छन् । त्यस्तै संक्रमितको संक्रमणमा आएकाहरुको पहिचान तथा संक्रमित पत्ता लगाउन स्वास्थ्य परीक्षण पनि गरिदैछ । सो क्षेत्र साउन ३२ गतेसम्म बन्द गरिने सूचना टाँसिएको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा सरकारले पछिल्लो समय पूरै क्षेत्रलाई लकडाउनको साटो सम्बन्धित क्षेत्र ‘सटडाउन’ गरेर परीक्षणको दायरा बढाउने रणनीति अख्तियार गरेको छ ।-सुवास श्रेष्ठ/रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*