गुल्मी । सोमबार रक्षाबन्धनको दिन गुल्मी तम्घासका सुदर्शन खनाल , हस्तीचौरका राजेन्द्र विक्रम कुँवर, तम्घास बाघमारेका शंकर नेपाली, तम्घास थुम्काटोलका ईश्व बिकसहित सबै जातजाती लामबद्ध भएर सामाजिक दुरी कायम गर्दै पण्डितबाट रक्षाबन्धनको डोरो बाँध्धै थिए ।
व्राम्हण समुदायल दलित समुदायलाई सार्वाजानिक स्थानमा सबै जातजाती सो सरह र स–सम्मान रक्षाबन्धनको डोरो बाँध्नु गुल्मीका लागि नौलो र विभेद अन्यको सुरुवातको दृश्य थियो त्यो । सदरमुकाम तम्घासका वालमन्दिर प्राङ्गाणमा त्यही विभेदको अन्त्य गर्ने अभियान स्वरुप गुल्मीमा विश्वहिन्दु महासंघ र दलित साझा मञ्च गुल्मीले सामुहिक रक्षाबन्धन कार्यक्रमको आयोजना गरेका थिए ।
जसले गर्दा तम्घासका दधिराम परियारले ७० वर्षको उमेरमा पहिलो पटक व्राम्हणको हातबाट रक्षाबन्धनको डोरो बाँधेको सुनाउँदै थिए । तम्घासकै सुर्यबहादुर नेपाली ८० वर्षको उमेरमा र भाडगाउँकी जानकी विश्वकर्माले पनि ८३ वर्षको उमेरमा पहिलो पटक व्राम्हण पण्डितबाट रक्षावन्धनको डोरो बाँधेको बताउँदै थिए । दलित समुदायका उनै जेष्ठ नागरिकबाट रक्षावन्धनको डोरो बाँध्न सुरु गरेका थिए वाचन सम्राट पण्डित भिमकान्त पन्थीले ।
व्राम्हण समुदाय शिक्षाको विकास र समाज परिवर्तनका लागि अगुवाई गर्नुपर्ने र जातिय विभेद अन्त्य गर्नुपर्ने पण्डित पन्थीले बताए । दलित समुदायले वेद पुराण पढ्न हुँदैन भन्ने गलत हो भन्दै उनले कार्यक्रमस्थलमै दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्मालाई वेद वाचन गर्न आग्रह गर्दै भने, ‘दलितहरुले वेद पढे आकाशै खस्छ धर्ति नै भास्सीन्छ त ? ‘
अध्यक्ष विश्वकर्माले संविधानले छुवाछुद विभेदलाई दण्डनीय अपराध भने पनि व्यवहारिक कार्यन्वयनका लागि बिश्वहिन्दु महासंघ मिलेर यस्तो अभियान छेड्न लागेको बताए ।
मञ्चदेखि दर्शकदिर्घसम्म सबै जातजाती सहभागि थिए । केहि वर्षअघि सम्म कट्टर मानिने व्राम्हण समुदायका बृद्ध बृद्धाहरु सहर्ष सहभागी थिए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले गुल्मीका लागि यस्तो कार्यक्रम सुखत भएको बताए ।
नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले संविधानले वर्जित गरेको जातिय विभेद अन्त्यका लागि नेपाली काँग्रेसले विभिन्न रचनात्मक काम गर्दै आएको दावी गरे । जिल्ला समन्व्य प्रमुख लक्ष्मण पराजुलीले यस्तो कार्यक्रम ऐतिहासिक र महत्वपूर्ण भएको बताउँदै यस्तो कार्यक्रम अब पालिकास्तर सम्म राख्न जरुरी रहेको बताए ।
त्यस्तै प्रदेश सांसद कमलराज श्रेष्ठले हिन्दु धर्ममा मानिसले मानिसलाई अपमानित गरिएकोले अब त्यस्तो अपमान र विभेद मनैबाट हटाउनुपर्ने धारणा राखे । विश्व हिन्दु महासंघका सचिव रामलाल पाण्डेले सबैमा सुसंस्कार ल्याएर समतामुलक समाज निर्माणका लागि यस्ता कार्यक्रम राखिनुपर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष सुरेशचन्द्र भुसालले गुल्मीमा यस्तो कार्यक्रम ऐतिहासिक भएको र गत बर्ष देखि आफुले प्रयास गरेको बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, उपमेयर सिता भण्डारी, नेकपाका कार्यलय सदस्य कृष्ण सुनार लगायतको आतिथ्यता थियो ।-रातोपाटी
Leave a Reply