अब सुन–चाँदीजस्तै हीरा तथा अन्य बहुमूल्य पत्थरको पनि मूल्य तोकिने

काठमाडौं, साउन १० । नेपाल सुन–चाँदी व्यवसायी महासंघले हीरा तथा अन्य बहुमूल्य पत्थरको मूल्य निर्धारण गर्ने भएको छ।

हालसम्म सुन तथा चाँदीको मूल्य निर्धारण हुने भए पनि बहुमूल्य हीरा तथा पत्थरको मूल्य कति भन्ने निर्धारण हुन सकेको थिए। साथै, हीरा तथा पत्थरको सक्कली–नक्कली बारेमा उपभोक्ता अन्योलमा रहेका छन्।

महासंघले आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै हीरा तथा रत्नलगायतका पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ। साथै, महासंघको बैठकले हीरा तथा अन्य बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको जनाएको छ।

त्यस्तै, नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ।

महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले यो निर्णय गरेको महासंघले जनाएको छ। महाधिवेशनमा देशभरवाट करिव ४ सय जना प्रतिनिधि सहभागी हुनेछन्।

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ। यसको लागि असोज १२ गतेको मिति तय भएको छ। महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*