काठमाडौँ । केही दिनदेखि अविरल वर्षा परिरहेको उपत्यकाको मौसममा बुधबार केही सुधार देखिएको छ । वर्षा रोकिएको छ भने बिहान घाम लागेको छ । वर्षा रोकिएपछि उपत्यकाका नदी र खोलाको जलस्तर पनि घट्दो क्रममा रहेको छ । यसले डुबानमा परेका क्षेत्रलाई केही राहत मिलेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ। जलत था मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
बुधबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।-रातोपाटी
Leave a Reply