विचार नपुर्याई फ्याट्ट बोल्दा दीपालाई तनाव, राजेशबारे टिप्पणी गर्दा अहं र दम्भ प्रदर्शन गरेको आरोप

काठमाडौँ, असार ३० । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिए । यही विषयमा सामाजिक सञ्‍जालमा आएका कमेन्ट र गाली गलौजका कारण अहिले उनको तनाव बढेको छ ।

३–४ दिनदेखि दीपा घरबाट निस्केकी छैनन् । लगातार दुई हप्तासम्म आक्रमक शैलीमा सामाजिक सञ्‍जालमा मानिसहरु खनिन थालेपछि आफ्नो चिन्ता बढ्दै गएको उनी बताउँछिन् । हप्तौं यही विषयउपर खनिएको देख्दा आफू गलेको र डिप्रेसनको नजिक पुगेको उनले कान्तिपुरलाई बताइन् ।

उनले अन्तवार्तामा भनेकी थिइन्, राजेश हमाल हुन र ? राजेश दाइ मात्र महानायक भए त्यहाँ प्रोड्युसर महानायक भएन, डाइरेक्टर महानायक भएन । राजेश दाइले मात्रै फिल्म खेले। उनले फिल्म इन्डस्ट्रीलाई हाँकेर लानुपर्छ । यो अन्तर्वार्ता प्रसारण भएपछि नै हमालका प्रशंसकले उनको कलाकारिता र उनले फिल्म उद्योगमा पुर्‍याएको योगदानको अवमूल्यन भएको भन्दै आपत्ति जनाएका थिए । साथै दीपाश्रीले राजेशबारे टिप्पणी गर्दा अहं र दम्भ प्रदर्शन गरेको पनि उनीहरुको आरोप थियो । कान्तिपुर दैनिकमा खबर छ ।

अस्वभाविक पेलान भो । हो म शब्द चयनमा चुकेको हो । उनि मेरो मनपर्ने अभिनेता हो । मैले उहाँलाई चलचित्र क्षेत्रको खम्बा भनेर आदर पनि गरेको छु, उनले भनिन्, कुरा अस्वभाविक किसिमले यसरी मोडियो । १० दिनसम्म यही कुरा रु किन यस्तो घट्ना बढेको हो मैले त तुरुन्तै भोलिपल्ट नै माफी मागेको हो नि १ अहिले मन अलिकति गलेको छु, उनले भनिन् । उनको अभिव्यक्तिमाथि आएका प्रतिक्रिया शिष्ट र तार्किकमात्रै छैनन्, अश्लिल गालीगलौज पनि आएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*