काठमाडौं । काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने भएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने बताएका छन् ।
सरकारले तोकेको मापदण्ड पालना गर्दै बस सञ्चालन हुन लागेको हो । सार्वजनिक यातायात व्यवसायीले सरकारले आफ्नो माग पूरा नगरे बस सञ्चालन नगर्ने बताइरहेका बेला साझाले सिमित स्थानमा बस सेवा सञ्चालन गर्न लागेको हो । साझाले ४ महिनादेखि पार्किङ गरेर राखेका बस मर्मतको काम थालेको छ ।
सरकारले ५० प्रतिशत यात्रु बोक्न पाउने, ५० प्रतिशत बढी भाडा लिन पाउने र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने सर्तमा बस सेवा सञ्चालन गर्न दिने निर्णय भएको छ ।-रातोपाटी
Leave a Reply