गृह सचिवले लगाइदिए शैलेश थापा क्षेत्रीलाई आईजीपीको फूली

काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा बढुवा भएका शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित एक विशेष समारोहका बीच गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

३० वर्ष सेवा अवधि पूरा गरी निवर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारबाट सेवा निवृत्त भएपछि क्षत्री नयाँ आईजीपी बनेका हुन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । -रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*