काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच मङ्गलबार पनि सहमति खोज्ने प्रयास जारी छ ।
दुई अध्यक्षबीच मङ्गलबार बिहान साढे ११ बजेदेखि भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सोमबारको कुराकानीपश्चात दुई अध्यक्षबीच वान टु वान वार्ता भइरहेको र सहमति खोज्ने प्रयास जारी रहेको उनले बताए ।
पार्टीभित्र सङ्कट उत्पन्न भएर गतिरोध उत्पन्न भएपछि जारी स्थायी कमिटी बैठक भोलि (बुधबार) बिहान ११ बजेसम्म स्थगित छ ।
Leave a Reply