स्थायी समिति बैठक २४ गतेसम्म स्थगित, बालुवाटारमा ओली–प्रचण्ड वार्तामा

काठमाडौं, असार २२ । नेकपाको स्थायी समिति बैठक असार २४ गतेसम्मका लागि स्थगित गरेर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वार्तामा जुटेका छन्।

आइतबार भएको वार्तामा विवादलाई केही मत्थर बनाउँदै थप असमझदारी नबढाउने सहमति गरेका ओली र प्रचण्ड सोमबार आयोजना गरिएको स्थायी समिति बैठक स्थगित गरि वार्तामा बसेका हुन्।

बालुवाटारमा बिहान करिब ९ः४५ बजे सुरु भएको वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी भएको बताइएको छ।

पार्टी प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्थायी समिति बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै राजीनामाको माग उठेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ। आइतबारको वार्ताबाट त्यो केही मत्थर भएजस्तो देखिएपनि सहमति जुटेको छैन।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका कमिटीका बहुमत सदस्यले ओलीलाई राजीनामा गराउन जोड दिइरहेका छन् भने ओली आफूले भने पद नछाड्ने अडान लिँदा पार्टीभित्रको विवाद थप बल्झिएको हाे।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*