काठमाडौ । अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबिचको लफडाले अहिले चलचित्र क्षेत्र निकै गर्माएको छ । साम्राज्ञीले अभिनेता तथा निर्माता केसीले आफ्नो डेब्यू फिल्मको फाइदा उठाउँदै निर्माता केसीले दुर्ववहार गरेको आरोप लगाए लगत्तै साम्राज्ञीकी आमा नेहा राज्य लक्ष्मी शाहले छोरीको सर्मथन गर्दै भुवन विरुद्ध कडा प्रहार गरेकी छिन् ।
उनले आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै छोरिको समर्थनमा भुवनको विरुद्ध बोलेकी हुन् ।गायिका समेत रहेकी नेहाले छोरीको बचाऊ गर्दै नयाँ कलाकारलाई जे भन्दा पनि हुन्छ भन्ने हेपाहा प्रवित्तिविरुद्ध सबै लाग्नुपर्ने बताएकी छिन् । अहिले याे विवादले निकै ठूलाे तहल्का पिटिरहेको छ ।
पक्ष बिपक्षमा अन्तरसम्बाद समेत भैरहेको छ । नेहाले सामान्य कुरा माग गर्दा दुर्ववहार गर्ने, मानसिक यातना दिने तथा अपशब्द समेत प्रयोग गर्ने निम्न स्तरिय परम्परागत सोचबाट आफुलाई बाहिर ननिकाले सम्म नया प्रतिभाहरु आगमन हुन मुस्कील र स्थापित कलाकारहरू पलायन हुने सम्भावना रहेको भन्दै नेहाले आफ्नो स्टाटसमा भुवन विरुद्ध कडा शब्दमा लेखेकी छिन् ।
Leave a Reply