टोपराज शर्मा,बुटवल । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा प्रदेश ५ मा ३ सय ८० जनाले आ त्मह त्या गरेका छन् । चैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० जनाले आ त्मह त्या गरेका प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
आ त्मह त्या गर्नेहरुमा गाउँका २ सय ६६ जना तथा शहरका १ सय १४ रहेका छन् । प्रहरीको तथ्यांक अनुसार आ त्मह त्या गर्नेहरुमा ग्रामीण क्षेत्रका किसान, विपन्न परिवारका गृहिणी, दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने र बेरोजगार बढी छन् ।
लकडाउन शुरु भएयता १ सय ७८ जना कृषक, ७४ जना गृहिणी, ३७ जना ज्याला म जदुरी गर्ने श्र मिक तथा ३६ जना बेरोजगारले आत्महत्या गरेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
यसैगरी लकडाउन अवधिमा २९ जना विद्यार्थी र अन्यले आ त्मह त्या गरेका छन् । आत्महत्या गर्नेहरुमा पुरुषभन्दा महिलाको संख्या केही बढी छ । एक सय दिनको अवधिमा १ सय ९८ महिला र १ सय ८२ जना पुरुषले आ त्मह त्या गरेका छन् ।
चैत, बैशाख र जेठमा भन्दा असार महिनामा आ त्मह त्या गर्ने दर झन् बढेको प्रहरी वरिष्ठ उपरक्षिक बैदवारले बताए । ‘चैतमा ५२ जना, वैशाखमा एक सय जना र जेठमा १ सय २ जनाले आ त्मह त्या गरेका छन्,’ बैदवारले भने, ‘जबकि असार महिनाको १८ दिनमा मात्रै १ सय २६ जनाले आ त्मह त्या गरेका छन् ।’
आ त्मह त्याको मुख्य कारणमा एक्कासी आवेशमा आउनु देखिएको प्रवक्ता बैदवारले खुलाए । एक्कासी आवेशमा आएर १ सय ४६ जनाले आ त्मह त्या गरेका उनले बताए । यस्तै घर झग डाका कारण आ त्मह त्या गर्नेको संख्या ७२ जना छ ।
उमेर समूहका आधारमा आ त्मह त्या गर्नेहरुमा युवाहरुको संख्या बढी देखिएको बैदवारले बताए । लकडाउन अवधिमा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका १ सय १६ जना, २६ वर्षदेखि ३५ वर्ष उमेर समूहका १ सय १० जना, ३६ वर्षदेखि ४५ वर्ष उमेर समूहका ५८ जना, ४६ देखि ६० वर्षसम्म उमेर समूहका ५२ तथा ६० वर्षदेखि माथिका २८ जनाले आ त्मह त्या गरेका छन् । आत्महत्या गर्नेहरुमा २० जना बालबालिका समेत छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार ६६ जना दी र्घ रो ग, २४ जना गरिबी र २२ जना माया प्रेमका कारण आ त्मह त्या गरेका छन् । व्यवसायिक असफलताका कारण ६ जना र प्रेममा असफल भएका कारण ६ जनाले आ त्मह त्या गरेका प्रहरीको तथ्यांकमा उल्लेख छ ।
लामो समयको लकडाउनले आम्दानी बन्द हुँदा जनजीवन अस्तव्यस्त भएको र मान्छेहरु चाहेको बेला चाहेको ठाउँमा जान नपाउँदा आ त्मह त्याका घटनामा वृद्धि भएको समाजशास्त्रका विद्यार्थी एवं अधिवक्ता खुमाकान्त पौडेलले बताए । ‘लकडाउन अझै लम्बिंदै गए यसको असरले यस्ता घटना अझै बढ्ने सम्भावना छ, सम्बन्धित निकायले समुदायमा मनोपरामर्शका प्रशिक्षणहरु चलाउन जरुरी भैसकेको छ,’ उनले भने ।अनलाइन खबर
Leave a Reply