सुशान्तकी बहिनीले गरिन् अंकिताको बारेमा यस्तो खुलासा

एजेन्सी / सुशान्त सिं कलाकार अंकिता लोखंडेसँग लामो समयदेखि प्रेम सम्बन्धमा थिए। उनले नेशनल टेलिभिजनमा सबैका सामुन्ने अंकितालाई प्रपोज गरेका थिए। यी दुवै कुनै समय टेलिश्रृखंला ‘पवित्र रिश्ता’मा मानव र अर्चनाको भूमिका निभाउने कलाकार थिए। यहीँबाट प्रेम सुरु भएको थियो।

६ वर्षसम्म दुबैबीच सम्बन्ध राम्रै चल्यो।

अनि ब्रेकअप भयो। ३४ वर्षका सुशान्तले सन् २०१४ मा ‘काइ पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका हुन्।

सुशान्त त्यसपछि अंकितासँग टाढा भएका थिए। चलचित्रमा काम गर्न थालेपछि सुशान्तले अंकितालाई समय दिन छोडेका थिए।

एक पछि अर्को चलचित्रमा काम गर्दै गएपछि सुशाान्तले अंकितासँग ब्रेकअप गरेका थिए। ब्रेकअपपछि अंकिताको हालत निकै खराब भएको थियो। यस हालतबाट बाहिर निस्कन उनलाई लामो समय लागेको थियो।

अंकिता ब्रेकअप पछि बाहिरी दुनियाँ तथा अभिनय छोडेर एक्ली भएकी थिइन्। सुशान्तकी बहिनीले सुशान्त र अंकिताको जोडी पवित्र रिश्तामा खुब जमेको बताएकी छिन् ।

अंकिता हामीलाई सान्तवना दिन मुम्बई मात्र हैन सुशान्तलाई अन्तिम पटक बिदाई गर्न पटना पनि आएकी थिइन् । म सुशान्तको जीवनमा भएका साथीहरु मध्ये अंकितालाई मात्र चिन्छु ।

हामी ४ जना छोरी थियौं अहिले ५ जना भएका छौं । अंकिता पनि हाम्रो बहिनी हो । अब हाम्रो भाइको आवश्यकता पुरा गर्ने भनेको नै अंकिताले हो उनले भनिन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*