महेन्द्रनगर, असार १९ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षले महिलामाथि दुर्व्य वहार गरेका छन् । नगरपालिकाको वडा नम्बर–९ का वडाध्यक्ष राम नाथले सोही वडाको ब्रह्मदेवमा पसल व्यवसाय गर्दै आएकी एक महिलामाथि दुव्र्य वहारको प्रयास गरेका हुन् ।
बिहीवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनी माथि दुव्र्य वहारको प्रयास गरेको इलाका प्रहरी कार्यालय ब्रह्मदेवले जनाएको छ ।
मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘किस’ मागेको स्थानीयको आरोप छ । वडाध्यक्ष र महिलालाई सोधपुछका लागि ईप्रका ब्रह्मदेवमा नै राखिएको छ ।
स्थानीयले उक्त महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्य वहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका छन् । साथै इप्रका माथि ढुंगामुढा समेत प्रहार भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply