जनता कोरोनाले होइन, सरकारको लापरवाहीले म’र्दैछन्

विकास श्रेष्ठ, काठमाडौं । कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्नुपर्ने माग गर्दै पाटन दरबार क्षेत्रमा अनशनमा बसेकाहरुको समर्थनमा बिहीबार प्रदर्शन भएको छ ।

ईःसहितका अभियन्ता अनशन बसेको पाटन दरबार क्षेत्रमा ठूलो संख्यामा युवाहरुले प्लेकार्डसहित प्रदर्शन गरे । उनीहरुले जनता कोरोनाले होइन, सरकारको लापरवाहीले म र्दैछन्, सरकारको हातमा रगत छ, सरकार जनता मरिराछन्, तिमी अझै सुतिरा ? जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षा गर्नुपर्ने, खरिद प्रक्रिया पारदर्शी बनाउनुपर्नेलगायतमा माग राखेर ईःसहितका अभियन्ताले अनशन सुरु गरेका हुन् ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*