अनशनरत ई:लाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अनशन बसेका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

ई:लगायतका अनसनरत युवाहरुलाई भेट्न प्रधानमन्त्री ओली ह्याम्स अस्पताल पुगेका हुन् । पाटनमा अनशन बसेका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार नै ह्याम्स लगिएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले अनशन तोड्न र सम्वादमा आउन आग्रह गरेको अभियन्ता सुरज पाण्डेले बताए ।

कोरोना संक्रमणको जाँच गर्न पीसीआर विधिबाटै परीक्षण गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग गर्दै ई:लगायत अभियन्ता असार १२ गतेदेखि पाटनमा अनशन बसेका थिए ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*