काठमाडौ । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले नायक राजेश हमालका फ्यानसँग माफी मागेकी छिन् । उनले, राजेश हमाललाई सुपरस्टार नै होइनन् भन्ने हैसियत आफ्नो नभएको पनि बताएकी छिन् । एक टेलिभिजन अन्र्तवार्तामा उनले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न सोझाएपछि उनको चर्को आलोचना भैरहेको छ ।
राजेश हमाललाई रुचाउने मानिसहरुले दीपाको आलोचना गरेपछि दीपाले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन्–‘मैले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषय परिस्थितीमा एउटा अभिभावको भूमिका निर्वाह गरेर आफूलाई बर्षौदेखि सहयोग गरेका प्राविधिकहरुलाई परेको पिर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशले बोलेकी हुँ ।’
दीपाले सबैसँग गुनासो गर्न पाइने भन्दै उच्च पदमा बसेको व्यक्तिसँग आशा पनि धेरै हुने उल्लेख गरेकी छिन् । दीपाले राजेश हमाल सुपरस्टार नै होइनन् भन्ने हैसियत आफ्नो नभएको पनि बताएकी छिन् । उनले, काठमाण्डौमा पाउरोटी पनि खान नसक्ने अवस्थाबाट आफूले संघर्ष गरेको भन्दै टुप्पोबाट नपलाएको पनि स्पष्ट पारेकी छिन् । उनले, राजेश हमाल सधै सुपरस्टार नै रहेको भन्दै उनले हमाललाई भगवान् नै बनाउने पक्षमा आफू कहिल्यै नभएको पनि बताएकी छिन् ।
दीपाले आफू महिला कलाकार भएकाले केही व्यक्तिहरुबाट आएको सुन्नै नसकिने गालीलाई सामान्य रुपमा लिएको पनि बताएकी छिन् ।-अनलाइन खबर
Leave a Reply