काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समितिको बैठकका लागि ११ बजेदेखि सत्तारुढ नेकपाका नेताहरु कुरिरहेका छन् ।
पार्टीका नेताहरुलाई बालुवाटारमा कुराएर प्रधानमन्त्री ओली भने शितलनिवास पुगेका हुन् । राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री ओली सवा ११ बजे शीतल निवास पुगेर छलफल गरिरहेका छन् ।
समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री शितल निवास पुगेको उनले जानकारी दिए । प्रधानमन्त्रीले स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल गरेको बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
Leave a Reply