के सुवास नेम्वाङ प्रधानमन्त्री बन्दै छन् ? ओली समूहले पठायो यस्तो प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले विवाद चर्किरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आफ्नै नेताहरुले राजीनामा मागेपछि नेकपा भित्र विवाद बढ्दै गएको हो ।

यसैबीच अध्यक्ष ओली समुहले प्रचण्ड–माधव समूहलाई एक प्रस्ताव पठाएको छ। सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समुहले प्रस्ताव पठाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सल्लाहाकार बनाउने, ओली पार्टी अध्यक्ष हुने र नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड समूहमा पठाइएको बुझिएको छ । यस प्रस्ताव बारे प्रचण्डको जवाफ भने नआएको बुझिएको छ । तर सुवास नेम्वाङले भने आफू प्रधानमन्त्री बन्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*