रवि लामिछाने’ भन्छन् : कि त ओली आफ्नो न्वारान देखिको बल लगाएर सत्तामा टिक्छन, कि त

न्युज २४ मा कार्यरत महान टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले हाम्रा देशका उच्च पदाधिकारीहरूलाई उनीहरूको अहिले चलिरहेको राजिनामा पद्धतिको विषयमा दह्रो टिप्पणी गरेका छन्। उनी फेसबुक स्टाटस मार्फत यस्तो लेख्छन् :

कुरा प्रष्ट छ, कि त ओली आफ्नो न्वारान देखिको बल लगाएर सत्तामा टिक्छन, कि त प्रचण्ड,माधव, बामदेव,झलनाथहरु मिलेर ,न्वारान देखि कै बल लगाएर ओलीलाई लडाउछ्न। यो “न्वारान देखिको बल” यो पुस्ताका नेताहरु रहेसम्म यसै गरि प्रयोग भैरहन्छ।

यो बल जनता मर्दा निस्कदैन, केवल आफुलाइ बचाउन मात्र निस्कन्छ।यो ब्यवस्था प्रति नै बितृष्णा उत्पन्न हुनु पुर्व यो पुस्ताबाटै मुक्ति मागौ।अब केहि फेर्ने भए पुराना पुस्ताका सबै नेता फेरौ, संकट टर्न त्यहीँबाट शुरु हुनसक्छ।

ढुक्क हुनुहोस्, ओली प्रचण्ड माधव बामदेव झलनाथले यो संकट टार्छन, कुनै हालतमा पनि टार्छन, समाधान निकाल्छ्न। तर उहाँहरुले निकालेको समाधानले यो देशका आम मानिसको कुनै संकट टर्छ? टर्छ?? टर्छ???

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*