अब वीर अस्पतालमा कोरोना परीक्षण गर्न पाइने, कति लाग्छ शुल्क ?

काठमाडौं – नेपालमा कोरोनाभाइरसका संक्रमित दिनानुदिन थपिदै गइरहेको छ । सरकारले कोरोनासँग मिल्ने लक्षण भएका र संक्रमित व्यक्तिको सम्पर्कमा आएका र अस्पतालमा भर्ना गर्नुपर्ने मानिसहरुको मात्र पिसिआर परिक्षण गरिरहेको छ ।

यसैबीच वीर अस्पतालमा निश्चित रकम तिरेर कोरोना परिक्षण गर्न पाइने भएको छ । आफुलाई कोरोनाको शंका लगोका र कुनै यात्रा गरेर आएकाले निश्चित रकम तिरेर पिसिआर परीक्षण गर्न सकिने बताइएको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले कोरोना परिक्षण गर्न चाहनेले ५५ सय रुपैयाँ तिरेर पिसिआर परीक्षण गर्न सक्ने बताएका छन् । पैसा तिरेर पिसिआर परीक्षण पाउने यो व्यवस्था गएको सातादेखी लागू भएको जनाइएको छ ।

उनका अनुसार कोरोना परीक्षणको दायरामा नपर्ने, ट्राभल हिस्ट्रि नभएको, विदेश जाने व्यक्तिले या पिसिआर रिपोर्ट चाहिने व्यक्तिले पैसा तिरेर पिसिआर परीक्षण गर्न सक्नेछन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*