यसरी सलह कीरामाथि झम्टिँदै काठमाडौंका काग

काठमाडौं- भारतबाट तराईंका जिल्ला हुँदै नेपाल छिरेका सलह कीरा काठमाडौं पनि आइपुगे छन् ।मंगलबार साँझको समयमा सलहको सानो झुण्ड काठमाडौं उपत्यकाका आकाशमा देखिन्थे ।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट सलह प्रवेश गरेको जनाएको छ ।काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए ।

काठमाडौंमा छिरेका सलहमाथि कागले आक्रमण गरेको छ । काठमाडौंका आकाशमा उडिरहेका सलहलाई कागले आफ्नो आहारा बनाउन झम्टिँदै गरेको दृश्य देखिन्थ्यो । केहि सलहलाई कागले आफ्नो आहारा बनाएको छ ।

एकैपटक हुल बनेर आएका सलहको हुल भएतिरै कागको पनि बथान उडेको देखिन्थ्योँ । सँगै कागले उडिरहेका सलहलाई आफ्नो आहारा बनाएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट भएका छन्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*