काठमाडौँ !नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्र सिड्नीकाे अर्वनमा सोमबार साँझ एक नेपाली युवतीले पसल लुट्न आएको लुटेरालाई लखेटेको समाचारले यतिखेर सिड्नीभर चर्चा पाएको छ। रौटहट चन्द्रनिगाहपुरकी स्थायी वासिन्दा पवित्रा कार्की साँझ सात बजेतिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर आएका एक लुटेराले क्यास काउन्टर अगाडि आएर पैसा माग्यो। एकछिन त उनी अक्क न बक्क परिन्। त्यत्तिकैमा लुटेराले सिधै पवित्रा बसेको स्थानमा आएर पैसाको काउन्टरमा हात हाल्न लाग्यो।
उनले लुटेराको हात समातिन्, त्यत्तिकैमा हात हालाहाल हुँदा पवित्राले आफू छेउमा रहेको सानो तरकारी काट्ने चक्कु देखिन्। सोही चक्कु समातेपछि लुटेरा हच्कियो। उनले चक्कु लिएर लखेट्न थालिन्। लुटेरा कहाँ गयो, उनलाई पत्तो भएन। ‘अहिले सम्झँदा डर लागिरहेको छ, कसरी आँट आयो थाहै भएन,’ पवित्राले भनिन्। पसल बन्द गर्ने बेलामा आ’फूले दिदीलाई कुरेर बसेका बेला घ’टना घ’टेको उनले बताइन्। ‘पसलमा तरकारीको ब’क्स का’ट्न प्रयोग हुने च’क्कु का’उन्टर छे’उमै रैछ,
लुटे’राले पैसामा हात हाल्न लागेपछि मलाई कसरी आँ’ट आयो खोइ, च’क्कु लिएर जा’इलागेँ’ उनले भनिन्। सोमबारको यो घटनापछि स्थानीय प्रहरी आएर उनको व्यक्तिगत रिपोर्ट तथा सिसिटिभी फुटेज लगिसकेको छ। स्थानीय अष्ट्रेलियन टिभी च्यानलले समेत पवित्राको बहादुरीको गाथा प्रशारण गरिसकेका छन्। चाइल्ड केयर अध्ययन गरिरहेकी पवित्राको यो बहादुरी साँच्चिकै उदाहरणीय रहेको अर्वन नेपाली समाजका राजु गिरीले बताए।
‘एउटी केटीले लुटेरालाई सानो हतियार देखाएर भगाउनु आफैमा हिम्मत र बहादुरीपुर्ण कार्य हो’, गिरीले भने। तीन वर्षअघि अष्ट्रेलियामा आइपुगेकी पवित्रा दिदीसँग अर्वनमा बसोबास गर्दै आएकी छिन्। अर्वनमा रहेको क्याटमान्डु मिक्स बिजनेस नामक सो स्टोरमा सोमबार घटना घटेपछि पबित्रालाई अहिले सुरक्षाको चिन्ताले भने सताएको छ। ‘अलि अलि डर भने लागिरहेछ, फेरि आउने हो कि भन्ने लाग्छ,’ पवित्राले भनिन्। प्रहरीले पनि केही दिन पसलमा एक्लै नबस्न सुझाब दिएको उनले बताइन्।
Leave a Reply