बीबीसी । चीनमा फेरी अर्को महामारी निम्त्याउने भाइरस पत्ता लागेको बीबीसीले उल्ल्ेख गरेको छ । चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लु रुघा को नयाँ स्ट्रेन पत्ता लगाएको उल्लेख गरिएको छ । यो हालै मात्र पत्ता लागेको र सुँगुरहरुले यसलाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने दावी गरिएको छ । यो थप म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै सर्न सक्ने र विश्वमै कोरोना जस्तै महामारी बन्न सक्ने भएको भन्दै वैज्ञानिकहरुले चिन्ता ब्यक्त गरेका छन् ।
‘तत्कालै यो समस्या होइन,’ उनीहरु भन्छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको छ ।’ सुंगुरमै यो भाइरस निुयन्त्रुण गर्न नसकिए यसले मानिसलाई प्रभाव पार्ने भन्दै बैज्ञानिकले चिन्ता ब्यक्त गरेका हुन् । प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा वैज्ञानिकहरुले यो कुरा उल्ल्ेख गरेका छन् । उनीहरुले सुंगुरको मासुको काममा लागेकाहरुले विशेष सावधानी अपनाउनुपर्ने भन्दै सचेत गराएका छन् ।
अहिले कोरोनाभाइरसको महामारीलाई अन्त्य गर्न जुधिरहँदा वैज्ञानिकहरुका लागि यो थप नयाँ चुनौती थपिएको छ । सन् २००९ मा मेक्सिकोबाट सुरु भएको स्वाइन फ्लु पहिले सोचेभन्दा कम खुतरुनाक रहेको पाइएको थियो । किनभने यसको भाइरस त्यसअघिका फ्लुका भाइरससँग मिल्दोजुल्दो रहेको र धेरै वृद्धवृद्धासँग यसविरुद्ध प्रतिरोधात्मक शक्ति रहेको पाइएको थियो ।
ए÷एचवानएनवान पीडीएम ९ नामक दिइएको उक्त भाइरसविरुद्ध खोपलाई अहिले वार्षिकरुपमा दिइने खोपमा समावेश गरिएको छ । चीनमा फेला परेको फ्लुको नयाँ स्ट्रेन सन् २००९ को स्वाइन फ्लुसँग् मिल्दो जुल्दो रहेको छ तर यसमा केही फरकपन रहेको वैज्ञानिकले बताएका छन् ।
Leave a Reply