काठमाण्डौ – गायक प्रमोद खरेलका शुभचिन्तक र फ्यानहरु करोडौं छन् जसले उनलाई फलो गरिरहेका हुन्छन । त्यसैले पनि उनको बारेमा धेरैलाई जान्ने बुझ्ने इच्छा हुन्छ । बच्चा देखि बुढापाका सम्म उनका फ्यान छन् । आफ्ना गीतले स्टेजमा निकै तहल्का मच्चाउने गर्छन भने स्टेजमा उनि उत्रे पछि लाखौ दर्शकको साथ् मिल्छ गायक खरेल सामाजिक संजालमा पनि सक्रिय छन् । नेपालमा हुन् या बिदेशमा घटेका घटनालाइ नियाल्दै बेलाबेलामा आफ्ना विचारहरु राख्ने गर्छन । त्यसैले पनि उनका सुभचिन्तक र फ्यानहरु करोडौ छन् ।
केहि दिन अघि चर्चित गायक प्रमोद खरेल बाबु बनेका हुन् । उनी छोरीका बाबु बनेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफु छोरीबो बाबु बनेको जानकारी गराएका थिए । उनले घरमा लक्ष्मीको आगमन भएको बताउंदै निकै खुसि भएको व्यक्त गरेका थिए ।
केहि दिन अघि उनले सामाजिक संजालमा लेख्दै भनेका थिए ‘जिन्दगीले अर्को खुसिको आकाश छोडेको छ’ घरमा लक्ष्मीको आगमन बहेको छ तर भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन । उनले अगाडी लेखेका छन्, तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉडने असीमित चाहना हुदाहुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो। खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं ।
प्रमोद खरेल बाबु बनेपछि जुन खुसि मिल्नु पर्ने हो त्यो मिलेको छैन कारण अहिले आमा छोरी नै बिरामी छन् । बिरामी भएर आमा छोरिको भेट ३ दिन मात्र भएको उनले बताएका छन् । छोरी घरमा छन् भने आमा मनमोहन मुटु अस्पतालमा पुगिन। खरेलले अगाडी लेखेका छन्, घरमा आज १९ औं दिन सम्मै इन्जेक्शन पम्प र नर्सको साथमा छोरी युद्ध जित्दैछिन। आज सॉझ डिस्चार्ज भइन भने जम्मा ३ दिन मात्र भेट भएका आमा छोरी को पुनर्मिलन हुनेछ। उपचारमा संलग्न डाक्टर नर्स प्रति नमन छ।
खरेलले आज श्रीमतीको जन्मदिनको शुभकामना दिदै छोरी र श्रीमतीको अवस्था बारे सामाजिक संजालमा लेख्दै खुलासा गरेका हुन् । उनले सामाजिक संजाल फेसबुक मार्फत आफ्ना मुटु छुने शब्द लेख्दै श्रीमतीलाइ जन्मदिनको शुभकामना र सिघ्र स्वास्थ्य लाभको कामना सहित दिएको स्टेटसमा हजारौ दर्शकले कमेन्ट र लाइक गरेर शुभकामना सहित स्वास्थ्य लाभको कामना गरेका छन् ।
खरेलले लेखेको स्टेटस जस्ताको तस्तै तल पढ्नुहोस : असार १५ , उनको जन्मदिन, तर… …सधै जस्तो छैन यो असार १५ ,उनी CCU मा छिन्। नियतीले यसपाली अस्पतालको CCU कक्षबाटै उनको जन्मदिन मनाउदैछौं ।स्वास प्रस्वास समस्या भएपछि छोरी जन्मेर सिधै NICU गइन्। जन्मेको ६ दिन पछि मात्र NICU बाट छोरी लाइ निकालेर भेट्न पाएकी उनी आफै फेरि १२ औं दिनमा CCU पुगिन । सुत्केरी अवस्थामा हुने घातक postpartum cardiomyopathy ले आक्रमण गरेपछि मुटुको मुटुले राम्रो काम गर्न नसकेर इमरजेंसी अल्का हुदै मनमोहन मुटु अस्पतालमा गम्भिर अवस्था मा पुगिन। तर अहिले धेरै सुधार छ ।
उता घरमा आज १९ औं दिन सम्मै इन्जेक्शन पम्प र नर्सको साथमा छोरी युद्ध जित्दैछिन। आज सॉझ डिस्चार्ज भइन भने जम्मा ३ दिन मात्र भेट भएका आमा छोरी को पुनर्मिलन हुनेछ। उपचारमा संलग्न डाक्टर नर्स प्रति नमन छ। आधा त्रास र आधा आशको समय पार गर्दै यो कठिन मोड़मा CCU मै उनलाइ जन्मदिनको अनगिन्ती अनगिन्ती शुभकामना, My bravo अब चॉडै ठिक हुनेछौ … प्रार्थना अनि कामना।
Leave a Reply