काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरुले हटाउन सक्ने व्यवस्था संविधानमा नभएको स्पष्ट पारेका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका थिए । ओलीको यस्तो अभिव्यक्ति आएपछि नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
भट्टराईले ट्विटरमा लेखेका छन्,’बहुमत प्राप्त प्रमलाई मेन्सन गर्दै आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।तर अहिले हटाए नक्सा छापेको करणले हुने! भोलि सलहले दुख दिएको बेला हुने! पछि बाढीपैरो आएको बेला हुने! अलिपछि दशैंतिहारको बेला हुने! अनि जाडोको बेला हुने!उचित बेला चैं कैले रच हँ?’
Leave a Reply