सुरेश भट्ट, कञ्चनपुर, १४ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर १, २ र ४ लाई एक हप्ताका लागि सिल गरिएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै कोरोना भाइरस नियन्त्रण गर्न वसेको सर्वदलीय समितिको बैठकले सिल गर्ने निर्णय गरेको हो ।
कोरोनाको जोखिम नियन्त्रणका लागि ३ वडाहरुका वाणी वजार लगायतका सबै बजार क्षेत्र हप्ता दिनका लागि सिल गर्ने र अन्य वडाहरु पनि संक्रमितको संख्या हेरेर सिल गरिने निर्णय भएको कृष्णपुर नगरपालिका उपप्रमुख रमिता बडायकले जानकारी दिनुभयो ।
उहाँले अहिले किसानको खेतिपातिको समय भएकाले पनि एकै चोटी सिल गर्दा किसानलाई समस्या हुने पनि बताउनु भयो । हाल कृष्णपुर नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ३८ जना रहेका छन् ।-न्यूज२४
Leave a Reply