एजेन्सी । श्रीलंका सरकारले गत मार्च महिनामा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाएको कर्फ्यु पूर्णरुपमा हटाउने निर्णय गरेको छ ।
स्थानीय प्रशासनका अनुसार बिस्तारै-बिस्तारै गरेर कर्फ्यु पूर्णरुपमा हटाइएको हो । सुरुमा दिनमा लगाइएको कर्फ्यु हटाइएको थियो । तर, मध्यरातिदेखि चार घण्टासम्म कर्फ्यु जारी राखिएको थियो । यो कर्फ्यु पनि अहिले हटाइएको छ ।
स्थानीय अधिकारीहरुले मानिसहरुलाई व्यक्तिगत स्तरमा सावधानी अपनाउँदै भौतिक दुरी कायम राख्ने लगायतका नियम पालना गर्न आग्रह गरेका छन् । कडा किसिको लकडाउन र व्यापक मात्रामा गरिएको परीक्षणको माध्यमबाट श्रीलंका मुलुकमा कोरोना भाइरसबाट हुने मृत्युदर अन्य मुलुकको तुलनामा कम राख्न सफल भएको छ ।
अहिलेसम्म श्रीलंकामा कोरोना भाइरसका दुई हजारभन्दा बढी संक्रमित भेटिएका छन् भने ११ जनाको कोरोना भाइरसको कारण मृ त्यु भएको छ।स्रोत : बीबीसी
Leave a Reply