बुटवल । निरन्तरको वर्षाका कारण आज बिहानैबाट सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको माथिल्लो सिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोका कारण बाटो पूणरुपमा बन्द हुन पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
विहान करिव ६ बजे बाटो माथिबाट पहिरो खसेपछि अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी , स्यास्जा जिल्लातिर सवारी साधन तल्लो सिद्धबावामा रोकिएका छन् । उताबाट पनि दोभानमा नै रोकिएका छन् । यो सडक पहिरोले पटक–पटक अवरुद्ध हुने गर्दछ ।
Leave a Reply