काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं जिल्लामा शुक्रबार ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् ।

नेपालमा दिनानुदिन कोरोना भाइरस संक्रमितहरुको तीब्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा ५९३ थप नयाँ संक्रमितहरु थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १०७ जना महिला र ४८६ जना पुरुष गरी कुल ५९३ जना नयाँ संक्रमितहरु थपिएका हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*