पहिरोले जिप पुर्दा एक जनाको मृ त्य, ५ घाइते

अनिल खत्री,गुल्मी । गुल्मीमा पहिरोले जिप पुर्दा १ जनाको मृ त्यु भएको छ । शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडाम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिएको हो ।

दुर्घटनामा १९ वर्षका तुल्सीराम काउछाको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।

मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो ।

पाँच जना घाइते भएका छन् । घाइते चालक प्रदीप पुन यात्रु रमेश रानाको अर्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजीव श्रेष्ठले बताए ।

अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको छ ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*