अन्य तयारी छाडेर लकडाउनलाई मात्र ध्यान दिनु नेपालको गल्ती भयो : पूर्व राजदूत डिलिसी

एजेन्सी, ५ असार । विश्व अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । यस्तै नेपाल र अमेरिकामा पनि यो महामारीले ठूलो प्रभाव पारिरहेको छ ।

अमेरिकाले लकडाउन नगर्दा कोरोना भाइरस तीव्र गतिमा बढेको र नेपालमा लामो समय लकडाउन लगाएपनि संक्रमण बढ्दै गएको छ ।

यसैक्रमममा नेपाल र अमेरिकामा कोरोनाले पारेको प्रभावबारे नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट डिलिसीले नेपालमा बढिरहको कोरोना भाइरसलाई लकडाउनले मात्र काम नगर्ने बताएका छन् ।

अमेरिकामा रहेका पत्रकार प्रेम बानियाँले कोरोना महामारीबारे गरेको अन्र्तवार्तको क्रममा डिलिसले यस्तो धारणा राखेका हुन् । पत्रकार बानियाँले कोरोना महामारीको नेपाल र अमेरिकामा कस्तो अवस्था छ ? भनेर प्रश्न गर्दा उनले अमेरिकाले चाँडै कोरोनालाई नियन्त्रण गर्न लकडाउन नगरेको कारण अरु देशमा भन्दा बढी भएको बताएका छन् ।

त्यस्तै उनले नेपालमा लकडाउन लगाएपनि नियन्त्रण र जोखिम न्यूनीकरणका लागि अन्य आवश्यक तयारीहरु नगर्नु , मानिसहरुमा यसबारे राम्रोसंग सचेतना जगाउन नसक्नु र दृढ नेतृत्वको अभाव, पीपीई जस्ता अतिआवश्यक मेडिकल सामग्रीहरुको अभाव जस्ता कारणले नेपालमा कोरोना बढेको धारणा राखेका छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*