कोशी अस्पताल कोरोना विशेष उपचार केन्द्रबाट थप १० जना डिस्चार्ज

तारा आचार्य,

विराटनगर ५ असार । विराटनगर स्थित कोशी अस्पताल कोरोना विशेष उपचार केन्द्रबाट शुक्रवार थप १० जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

उनीहरुको लगातार दुई पटकको परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको केन्द्रका व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

डिस्चार्ज हुनेहरुमा २१ देखि ४० बर्ष उमेर समुहका खोटाङका ३ जना, मोरङका २ जना, सुनसरी ३ जना र उदयपुरको २ जना रहेका छन् । उनीहरु मध्ये ४ जना महिला र ६ जना पुरुष छन् । उनीहरु जेठ २१ गते देखि २५ गते सम्म उपचारका लागि भर्ना भएका थिए ।

मोरङबाट १० जना डिस्चार्ज भएसंगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ सय ३४ जना पुगेको छ । डिस्चार्ज हुनेहरुलाई होम क्वारेन्टाइनमा बस्न र स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिनुभयो ।

प्रदेश १ मा संक्रमितको संख्या जम्मा ४ सय २२ रहेको छ । शुक्रबार झापाको दमक र मोरङको बुढीगंगामा १÷१ जना थपिएका छन् । विराटनगर, सुन्दरहरैचा र धरानमा अहिले १ सय ८८ जना उपचाररत छन् ।

कोशी कोभिड विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचामा ८५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना उपचाररत रहेका छन् । नयाँ संक्रमण देखिएका दुवै जनालाई विराटनगर ल्याइएको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*