अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

काठमाडौ । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

प्रवक्ता डा. जागेश्वर गौतमले यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*