प्लाष्टिकको क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई विद्यालय भवनमा सारियो

दान बहादुर बुढा,

मुगु, २५ जेठ । मुगुको खत्याड गाउँपालिकाले तरकारीको टनेलमा बनाइएको क्वारेन्टाइनमा राखिएका स्थानीयहरुलाई शनिबार (हिजो) विद्यालय भवनमा सारिएको छ । खत्याड गाँउपालिका–५ हलेखाडामा तरकारी फलाउने ग्रीन हाउसको क्वारेन्टाइनमा भारतबाट आएका स्थानीयहरुलाई राखिएपछि सबैतिर आलोचना भएको थियो ।

सोही समचार न्यूज२४नेपाल डट टीभीमा पनि सम्प्रेसन भएपछि गाँउपालिकाले शनिबार विहान वडा नम्बर ७ गम्थास्थित लोकप्रिय माद्यामिक विद्यालयको भवनमा क्वारेन्टाइन निर्माण गरी त्यहाँ सारेको हो ।

गत विहीबार बसेको कार्यपालिकाको बैठकले वडा नम्बर २ सेरी मसानेको चौरमा सुविधायुक्त क्वारेन्टाइन निर्माण गरी हलेखाडा र छोटेका क्वारेन्टाइनमा राखिएकाहरुलाई सार्र्ने जिम्मा वडा नम्बर २ का वडा अध्यक्षलाई दिने निर्णय गररेको थियो ।

कार्यपालिकाको उक्त निर्णय विपरित गाँउपालिकाले शुक्रबार राति हलेखाडाबाट रातारात मान्छे ल्याएर गाउँको बीचमा रहेको उक्त विद्यालयमा राखेपछि स्थानीयहरुले शनिबार विहानदेखि विरोध जनाएका थिए ।

तर, गाँउपालिका अध्यक्षले गाउलेहरुलाई सम्झाई बुझाई गरेर उक्त विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सहमति जुटाएको वडा नम्बर ७ का वडा अध्यक्ष जयऋषी उपाध्यायले टेलिफोन मार्फत् जानकारी गराए । तर, यता छोटेका प्लाष्टिकको क्वारेन्टाइनमा रहेकाहरुलाई भने अझै सारिएको छैन ।

भारतबाट नेपालको वनबसा नाका हुदै मुगु आइपुगेका उनीहरुलाई खत्याड गाँउपालिकाले प्लाष्टिकको क्वारेन्टाइनमा राख्दै आएको थियो । सोही क्वारेन्टाइनमा बस्दै आएका ४८ जना मध्ये १ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान्, जुम्लामा गरिएको पीसीआर परीक्षणमा खत्याड गाउपालिका २ का २७ वर्षीय एक युवामा २२ गते कोरोना पुष्टि भएको हो ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*