कृष्ण पाण्डे
बुटवल, १९ जेष्ठ । विश्वभरि म हामारीकारुपमा फैलिईरहेको कोरोना भा इरस नियन्त्रण र उपचारका लागि आयुर्बेद चिकित्सा पद्धति उपयोगी हुने सम्बन्धित क्षेत्रका बिज्ञहरुको धारणा छ ।
जडिबुटीजन्य औषधिको प्रयोग र योगाभ्यासबाट मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने भएकाले आयुर्बेद लगायतका बैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना नियन्त्रण सम्भव भएको प्रदेश नम्बर पाँचका सामाजिक बिकास मन्त्रालयका बरिष्ठ आयुर्बेद चिकित्सक डा.पुष्पराज पौडेलको भनाइ छ ।
जडिबुटीबाट उत्पादित औषधिहरुले मानिसको शरीरमा रहेका जीवतत्वहरु सक्रिय बनाउने र रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले ति औषधिको प्रयोगले कोरोना लगायतका अन्य भा इरसहरु समेत शरीरमा निष्प्रभावी हुने दावी चिकित्सकहरुको छ ।
आयुर्वेद शिक्षा तथा उपचार पद्धति त्रिगुण र त्रिदोषमा आधारित रहेकोले मानिसको शरीरमा कोरोना लगायतका जुनसुकै भाइरसले क्षति पु¥याएका तन्तुहरुलाई जीवतत्व बिकास गरी भाइरसलाई क्रमशः कमजोर बनाउदै निष्कृय बनाउनु आयुर्बेद चिकित्सा पद्धतिको मुल उद्देश्य र लक्ष्य रहेको त्रयम्बकम जडीबुटी सहकारी संस्था लि, रुपन्देहीका बरिष्ठ आयुर्बेद चिकित्सक डा। बद्रिप्रसाद गौतमको भनाइ छ ।
चीन, ईरान, जापान र भारत लगायतका कतिपय देशहरुमा परम्परागत र जडिबुटीजन्य औषधिहरुको प्रयोग गरिएको र यसको परिणाम राम्रो आएको उल्लेख गर्दै चिकित्सकहरुले नेपालीले प्रयोग गर्दै आएका परम्परागत जडिबुटी जन्य खानेकुरा मात्रा मिलाएर खाने गरेमा कोरोनाको सं क्रमणका कारण हुने जटिलतालाई न्यूनीकरण गर्ने दावी प्रदेश नम्बर पाँचका सामाजिक बिकास मन्त्रालयका बरिष्ठ आयुर्बेद चिकित्सक डा।पुष्पराज पौडेल छ ।
कोरोना भा ईरस लगायतका म हामारीजन्य रो गहरुको बि रुद्ध लड्ने क्षमता बृद्धि गर्नु र मानव जीवनलाई सुरक्षित राख्नु नै आयुर्बेद शिक्षा र उपचार पद्धतिको मुख्य बिशेषता रहेको उल्लेख गर्दै त्रयम्बकम जडीबुटी सहकारी संस्था लि, रुपन्देहीका बरिष्ठ आयुर्बेद चिकित्सक डा. बद्रिप्रसाद गौतमले चिकित्सकहरुले मानव शरीरमा रहेका गुण र दोषहरुको सन्तुलन कायम राख्ने काम समेत गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।
आयुर्बेद पद्धतिलाई अग्रभागमा ल्याई यसको बिकास र प्रवद्र्धन गर्न सकेमा कोरोना जस्ता म हामारीजन्य रोगहरुबाट बच्न सकिने देखिन्छ । यद्यपि कोरोनाको सांङ्गलो तोड्न आम मानिस सचेत र सतर्क हुनैपर्ने र सामाजिक र ब्यक्तिगत रुपमा सरसफाई एवं निश्चित दूरी कायम गर्ने परिपाटी तोड्न नहुने मत पनि उहाँहरुको छ ।-न्यूज२४
Leave a Reply