कोभिड १९ बाट ज्यान गु,माउनेको संख्या ८ पुग्यो

काठमाडौं, १८ जेठ । कोरोना भाइरस कोभिड १९ बाट मृ त्यु हुनेको संख्या नेपालमा ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लुमा हिजो र आज मृत्यु भएका दुई जनाको मृ त्युमा कोरोना भा इरसको सं क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा ज्यान गु माएकी बालिकाको कोरोना सं क्रमणबाट मृ त्यु भएको छ । बुढिगंगा १ घर भएकी २ वर्षीया बालिकाको आईतबार बिहान २ बजेतिर मृ त्यु भएको थियो ।

उनको स्वाब धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा पठाएको थियो । आईतबार दिउँसो आएको रिपोर्टमा ती बालिकामा कोरोना सं क्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी दैलेखको दुल्लुनगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा हिजो शनिबार ज्यान गु माएका ३५ वर्षीय पुरुषमा कोरोना सं क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको थियो । दैलेखका यी दुईको मृत्युसंगै नेपालमा कोरोना सं क्रमणबाट ज्यान गुमा उनेको संख्या ८ पुगेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*