हेटौडाकी पाँच महिनाकी ग,र्भवती महिला कोरोनाबाट मुक्त

केदार शर्मा,

चितवन,१८ जेठ । भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका १ निवासी पाँच महिनाकी ग,र्भवती महिला कोरोनामु क्त भएकी छिन् ।

शुक्रवार र शनिवार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उनी कोरोना भाइ,रसको सं,क्रमणबाट मुक्त भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उक्त गर्भवती महिलालाइ आज आइतबार बिहान श्रीमानको जिम्मा लगाएर हेटौडा पठाईएको छ ।

हेटौंडा उपमहानगरपालिका १ कि ती २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई जेठ १४ गते बुधवार भरतपुर अस्पताल ल्याईएको थियो ।

मंगलवार हेटौंडास्थित किटजन्य अनुसन्धान प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना भा इरस पोजिटिभ देखिएको थियो । उनी र श्रीमान भरतपुर –१२, हुलाक चोकमा डेरा गरी बस्दै आएका थिए ।

अहिले भरतपुर अस्पतालमा पूर्वी नवलपरासी ९नवलपुर० का तीनजना पुरूष र भरतपुर महानगरपालिका वडा नं। ६ का एकै परिवारका ३ जना सदस्यसहित ६ जना कोरोना संक्र मितको उपचार भइरहेको छ ।

यसअघि पूर्वी चितवनको राप्ती नगरपालिका–८, निवासी कोरोना भा इरस ९कोभिड–१९० सं क्रमित २७ वर्षीय पुरूष वैशाख १३ गते र ६३ वर्षीया महिला वैशाख ३१ गते निको भएर घर फर्किसकेका छन् ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*