लकडाउनको कारण महागंगा आरतीको वार्षिकोत्सव स्थगित

घनश्याम मिश्र

जनकपुरधाम , १८ जेठ । कोरोना म,हामारीको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको कारणले गर्दा जनकपुरमा प्रत्येक वर्ष हुने गरेको महागंगा आरती स्थागित भएको छ ।

प्रा णघातक म हामारी कोरोना भा इरस संक्र मण रोगको पूर्णतः नियन्त्रण र मानवीय स्वास्थ्यलाई ध्यानमा राखि यस वर्ष हुने महागंगा आरती स्थगित भएको हो ।

प्रत्येक वर्ष जेष्ठ शुक्ल दशमी तिथि अर्थात १९ गते सोमवार गंगा दसहाराको अवसरमा जानकी जन्मभूमि जनकपुरधामको पवित्र सरोवर गंगासागरमा हुंदै आएको विशेष पूजा र आरती स्थगित भएको सेभ हिस्टोरिकल जनकपुरका संयोजक प्रदेश सभाका सदश्य समेत रहनु भएको राम आशीष यादवले न्यूज २४ लाई जानकारी दिनु भयो ।

यादवले एक सूचना जारी गर्दै महंगा आरती वार्षिकोत्सव समारोह यो वर्ष आपतकालीन समयमा संस्कृति कार्यक्रम, विशेष आरती सहितको कार्यक्रम स्थगित गरिएको जनाउनु भएको छ ।

नियमित रुपमा सञ्चालित महंगा आरती पूजा विधि निरन्तर संध्याकाल दैनिक महागंगा आरती निर्धारित समयमा नै सञ्चालन रहने समेत सूचनामा जनाइएको छ ।

महामारी कोरोना भाइयरस संक्रमण रोगको विरुद्ध संयमित, सुरक्षित, संकल्पित रही घरबाट नै गर्न र कोरोना भाइरसलाई पराजित गर्न पनि सूचनामा आग्रह गरिएको छ ।

मिति २०७१ जेठ पचीस गते छ वर्ष अगाडिदेखि जनकपुरको पवित्र सरोवर गंगा सागर पोखरीमा नित्य दिन साँंझ गंगा आरती हुंदै आएको थियो ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*