काठमाडौं, १८ जेठ । सरकारले बजेटमार्फत कृषिमा प्रयोग हुने वस्तु विउविजन र विद्युतीय सवारीसाधनमा बढाएको भन्सार दर प्रति विरोध सुरु भएको छ । आन्तरिक उत्पादनलाई राजश्वको मुख्य आधार बनाउँदै लाने सरकारी नीति भए पनि उल्टै सरकारले आन्तरिक उत्पादन खपत गर्ने वस्तुमा कर लगाउनु व्यवहारतः गलत भएको टिप्पणी गर्न थालिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत सरकारले विद्युतीय सवारी साधनमा भन्सारदर ८० प्रतिशतसम्म पु¥याएको छ । यसअघि, विद्युतीय सवारीमा १० प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने गर्थ्याे । विद्युतीय सवारीको भन्सार दर बढाए पनि विद्युतीय सवारी साधन बिक्री भएपछि आधा भन्सार महशुल फिर्ता हुने बजेटमा उल्लेख छ । अब, विद्युतीय सवारी खरिद गर्दा ४० प्रतिशत कर तिर्नुपर्नेछ ।
यसअघि विद्युतीय सवारी खरिद गर्दा मूल्यअभिवृद्धि करसहित २३ प्रतिशत कर तिर्नुपर्थ्याे । एकातिर, सरकारले विद्युत खपत बढाउने र वातावरणीय हिसाबले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने भनेपनि अर्कातिर, त्यही सवारीमा ह्वातै कर बढाउनुले सरकारको बजेट विरोधाभाषी भएको करविद् डा.चन्द्रमणि अधिकारीको ठहर छ ।
त्यस्तै, बजेटमार्फत कृषिक्षेत्रमा अनुदानवापत ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, कृषिमा प्रयोग हुने रासायनिक मल, बीउविजनमा भन्सारदर बढाएको छ । करवृद्धिबारे अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीलाई जसरी प्रोत्साहन गरिएको थियो, त्यो अनुरुप नतिजा नआएकाले कर बढाउनु परेको प्रष्टीकरण दिएका छन् ।
के–के मा बढ्यो कर ?
भन्सार दरमा भएको परिवर्तन अनुरुप भन्सार महशुल विद्युतीय सवारीसाधनमा ८० प्रतिशत वृद्धि गरिएको छ । त्यस्तै मोटरपार्टस्हरु २० प्रतिशत विउविजन १५ प्रतिशत, रासायनिक मल ५ प्रतिशत प्राङगरिक मल १० प्रतिशत, रेफ्रिजेरेटर तथा चिस्याउने उपकरणमा २० प्रतिशतले वृद्धि गरिएको छ ।
यस्तै वाइन, ब्राण्डी ह्वीस्की तथा मदिरा १५ सय रुपैयाँ वृद्धि गरिएको छ भने साना मूर्तिहरुमा १५ प्र्रतिशत् पेट्रोल तथा ड्रिजेल १० रुपैयाँ वृद्धि गरिएको छ । अन्तशुल्कमा भएको परिवर्तन अनुरुप विद्युतीय सवारीसाधन पिकपावरमा – ४०–१०० किलोवाटसम्म ४० प्र्रतिशत, १००– १५० किलोवाटसम्म ५० प्रतिशत, २०० किलोवाटसम्म ६० प्रतिशत , ३०० किलोवाट देखि माथि ८० प्रतिशतसम्म वृद्धि गरिएको छ ।
यसैगरी खजुर,अंगुर, आँप ५ प्रतिशत, प्याकिङ गरेका मासुका परिकार १० प्रतिशत, फलामबाट निर्मित सामग्री जिआई वायर, एङगल पटी उत्पादनमा प्रतिकेजी १ रुपैयाँ ६५ पैसा चुरोट, सिँगार, प्रतिखिल्ली ५० पैसा वृद्धि गुट्खा पान, मसला प्रतिकेजी ४० रुपैयाँ कर बृद्धि गरिएको छ ।
के के मा घट्यो
घरेलु उत्पादनमा प्रयोग हुने मेशिन तथा कच्चापदार्थ ५ प्रतिशत कायम एकदर्जन बढी वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको छ । यसैगरी वन पैदावार शुल्कमा १५ प्रतिशत खारेज गरिएको छ भने सुतिका कपडा अथवा भित्रि वस्त्र ५ प्रतिशत कायम गरिएको छ ।
यस्तै इलेक्ट्रीक साधनका पाटपूर्जा ५ प्रतिशत कायम गरिएको छ भने बजेटमार्फत लघु, घरेलु तथा साना उद्योग व्यवसायीलाई ७५ प्रतिशतसम्म आयकर छुट दिएको छ । वार्षिक २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि एककरोड रुपैयाँसम्म कारोबार गर्नेलाई २५ प्रतिशत आयकर पनि छुट दिएको बजेटमा उल्लेख छ ।
Leave a Reply