भारतले नेपाली भूमिमा बनाएको सडकमा यातायात सञ्चालन हुन नदिन सांसदको माग

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद् विरोध खतिवडाले भारतले नेपाली भूमि लिपुलेक अ,तिक्रमण गरेर बनाएको सडकमा यातायात सञ्चालनको तयारी गरेको भन्दै त्यसलाई रोक्ने पहल थाल्न माग गर्नुभएकाे छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले लिपुलेक अतिक्रमण गरेर भारतले मानसरोवर जाने गरी यातायात सञ्चालन गर्न लागेको जनाउँदै जसरी पनि रोक्नुपर्ने बताएका भएकाे हाे ।

‘उक्त क्षेत्र भएर निर्माण गरिएको सडकमा भारतले रुट परमिट दिएर सडक सञ्चालन गर्न लागेको सुन्नमा आएको छ । वार्ता र कूटनीतिक कुरा हुँदै गर्छ, सरकारले त्यो सडकमा यातायात सञ्चालनमा रोक लगाउन माग गर्दछु,’ उहाँले भन्नुभयाे ।

त्यहाँ सडक यातायात सञ्चालनमा आएमा अन्य भौतिक संरचना निर्माण हुने भएकाले सरकारले समयमै रोक्न पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*