चारैजना सं,क्रमित निको भएपछि भक्तपुर बन्यो कोरोना मुक्त जिल्ला

रामगोपाल तमखु
भक्तपुर जेठ १७ । भक्तपुर जिल्लाका सं,क्रमित चारैजना कोरोना भाइरस सं,क्रमणबाट मुक्त भएर फर्किएका छन् ।

भक्तपुर नगरपालिका वडा नं.५ स्थित भेलुखेलका ४२ बर्षीय पुरुषको स्वाब परीक्षणमा नेगेटिभ आए पछि अस्पतालले आज डिस्चार्ज गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधानले जानकारी दिनुभयो ।

शनिवार दिउँसो डिस्चार्ज भई उनी घर फर्किएसंगै भक्तपुर जिल्ला हाललाई कोरोना सं,क्रमण संख्या शून्य जिल्ला भएको हो । ११ दिन अघि कोरोना पोजिटिभ देखिएपछि उपचारको लागि बलम्बुस्थित सशस्त्र प्रहरीको् कोभिड १९ विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

उनीलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भक्तपुर जिल्लामा तेस्रो कोरोना सं,क्रमित व्यक्ति पुष्टि गरेको थियो । जेठ ६ गते (कोरोना पोजिटिभ) कोभिड १९ कोरोना भाइरस संक्रमित भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पुष्टि गरेको थियो ।

काठमाडौं महानगरपालिकाका सफाई कर्मचारीमा कार्यरत उनी भक्तपुरमा पहिलो स्थानीय सं,क्रमित व्यक्ति हुन ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*