धनुषा, १६ जेठ । धनुषाको जटहीस्थित नेपाल-भारत सीमामा मृ,त्यु भएका धनुषाका ३० वर्षीय युवा वीरेन्द्र यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मृ,तक यादवको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो ।
पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको निरौलाले न्यूज २४ लाई जानकारी दिनुभयाे । गत बुधवार भारतको गुजरातस्थित सूरतबाट नेपाल आउँदा सीमानाकामा नै उनको मृ,त्यु भएको थियो ।
भोक र ज्वरोका कारण समयमा नै अ स्पताल नलग्दा उनको सीमानाका जटहीको सडकमा नै मृ,त्यु भएको थियो । मृतकको श,व परिवारजनलाई जिम्मा लगाउने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयाे ।-न्यूज२४
Leave a Reply