एजेन्सी, १६ जेठ । पछिल्लो समय विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव बढ्दो छ । अमेरिका–चीनबीच पछिल्लो समय व्यापार, कोरोना भा,इरसलगायतका विविध बिषयलाई लिएर तना,ब बढीरहेको छ ।
‘कोरोना भा,इरस म,हामारी’ चीनका कारण विश्वव्यापी बनेको तथा हङकङबारे चीनद्वारा ल्याइएको कानूनबारे अमेरिकाले चीनको आ,लोचना गर्दै आएको छ ।
चीनले ह्या,कर लगाएर आफ्नो कोभिड १९ सम्बन्धि उपचार विधि र शोधसँग सम्बन्धित तथ्यांकहरु चोर्न लगाएको आराेप समेत अमेरिकाले लगाउँदै आएकाे छ ।
यसैबीच अमेरिकाले आफ्नो देशका विश्वविद्यालयमा अध्ययन गरिरहेका हजारौं चिनियाँ विद्यार्थीहरुलाई नि,ष्काशन गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार चार अमेरिकी अधिकारीहरुले यो कुराको पुष्टि गर्दै ट्रम्प अहिले चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने एक महिना पुरानो प्रस्तावमाथि विचार गरिरहेको बताएका छन् ।
यसमा ती विद्यार्थीहरु छन् जो पिपुल्स लिबरेशन आर्मीको मान्यता प्राप्त केही विश्वविद्यालयको साथमा करार भएका विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् । अर्थात चीनसँग करार भएका अमेरिकी विश्वविद्यालयहरुमा पढिरहेका विद्यार्थीहरुलाई अमेरिकाबाट निकाल्ने तयारी भइरहेको छ ।
तर विश्वविद्यालयका अधिकारीहरूले भने ‘सरकार पागल’ भएकाे संज्ञ दिएका छन् । अधिकारीहरूले यसले सम्भावित थप शैक्षिक प्र तिबन्धहरूलाई लाग्न सक्ने र चिनियाँ सरकारले अमेरिकीहरूमाथि आफ्नै भिसा वा शैक्षिक प्रतिबन्ध लगाएर बदला लिन सक्ने बताएका छन् ।
चिनियाँ विद्यार्थीहरूलाई राेक्नकाे लागि ट्रपकाे याे पहिलाे याेजना हाे । अमेरिकामा सबैभन्दा धेरै विदेशी विद्यार्थीहरूको संख्या चिनियाँ विद्यार्थीहरूकै रहेकाे छ ।
ट्रम्पले कोभिड १९ का विषयमा चीनको र हस्यमय व्यवहार, यो रो गसँग सम्बन्धित तथ्यहरुमा पारदर्शिताको कमी र सुरुवाती समयमा अमेरिकासँग असहयोगको व्यवहारका कारण निकै रु ष्ट छन् ।
Leave a Reply