सीमामा अ,लपत्र भारतीय म,जदूर भन्छन्- ‘भारतले भन्दा नेपाल सरकारले हामीलाई ध्यान दिएको छ’

घनश्याम मिश्र
धनुषा, १६ जेठ । पछिल्लो समय धनुषाको दक्षिणवर्ती क्षेत्र जटही नाका बन्द गरिएपछि यतिबेला भारत जाने सयौँ म,जदूरहरु बि,चल्लीमा परेका छन् ।

गत बुधवार सीमा नाकामा धनुषाका एक युवकको मृ त्यु भएपछि बिहीवार जिल्ला प्रसाशन कार्यालय धनुषाले धनुषाको जटही र खजूरी नाका बन्द गरिएको सूचना जारी गरेका छन् ।

नेपालको विभिन्न स्थानमा मजदूरी गर्दै आएका भारतीय नागरिकहरु आफ्नो देश फर्किन भनेर ससना वालबालिकासहित सपरिवार धनुषाको जटही नाकामा पुगेका छन् तर नाका बाट भारतीय सीमा सु रक्षा बलले फर्काइ दिएका छन् ।

जटहि नाकामा पीडा खेपीरहेका भारतीय नागरिक भारत सरकारसँग क्रु द्ध भएका छन । आफूहरु भारतीय नागरिक भएपनि भारत सरकार भन्दा बढी नेपाल सरकारले ध्यान दिएको उनीहरू बताउछन् ।

नेपालको इंटा भट्टामा कार्यरत सयौं म जदूरलाई सीमानामा खटीएका भारतीय सीमा सु,रक्षा बलले हा तपात गा ली गलौज गर्दै राति दु,र्व्यवहार गरेको म,जदूरहरुले न्यूज २४ लाई आफ्नो गु,नाशो सुनाएका छन् ।

भारतको बिहार राज्य दरभंगा जिल्लाका झन्डै दुइर्सय बढ़ी म,जदूर आ-आफ्नो परिवारसहित बोर्डरमा नेपाली भूमिमा शर,ण लिएका छन् । भोजन र पानीको व्यवस्था नेपालीहरुले गरि दिएको भएपनि राति बस्ने स्थान नरहेकोले म,जदूर चि,न्तामा परेका छन् । भारतीय मज,दूरलाई मौसम प्रतिकूल हुँदा पानी परे हामी कहाँ जाने र रात काट्ने न्तिाले यतिबेला सताएको छ ।

बिहीवार राति नै नाकामा आईपुगेका म,जदूरहरु आफ्नो देश जान खोजेको छ, तर कसरी जाने त्यो जवाफ दिने काेही छैन ।

धनुषा जिल्ला प्रशाशन कार्यालयले यसअघि नै जटही र खजूरी नाका बन्द गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले भने- ‘धनुषा आउन अब महोतरीको भिट्ठामोड र सिरहाको माडर नाका प्रयोग गर्न पाउने छन् ।’

नेपालबाट भारत जानेको हकमा पनि धनुषाको बोर्डर भन्दा महोत्तरी र सिरहा बोर्डर प्रयोग गर्न सकिन्छ भन्दै पोखरेलले भने ‘भारतीय पक्षले जान दिने वा न दिने त्यो म भन्न सक्दिँन तर भारतबाट नेपाल धनुषा आउनेको हकमा भिट्ठामोड र माडर नाका नै प्रयोग गर्दा हुन्छ ।’-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*