रुपन्देही र कपिलवस्तुमा १६ जनामा कोरोना पुष्टि

सलमान खान,भैरहवा : रुपन्देही र कपिलवस्तु जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका १६ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ ।

बिहिवार भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुई जिल्लाका १६ जना सं,क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा। राजेन्द्र गिरीले पुष्टि गरे ।

उनका अनुसार रुपन्देहीको सैनामैना नगरपालिका २७ वर्षीय एक जना पुरुष र कपिलवस्तुको विभिन्न स्थानका १५ जनामा सं,क्रमण पुष्टि भएको हो । रोजगारीका लागि १६ जना भारतबाट आएका व्यक्तिहरु हुन् । हाल सबै क्वारेन्टाइनमा छन् ।

सबै ट्राभल टे«सिङ गर्ने कार्य भइरहेको उनले बताए ।-अन्नपूर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*