कोरोना सं,क्रमितको शव लैजाँदा श,वदाह गृहका कर्मचारी भागे

चन्द्रबहादुर आले,काठमाडौं । काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा कर्मचारी भागेका छन् ।

बिहीबार साँझसम्म शव जलाइरहेका उनीहरु कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउने बेलामा शव दाह गृहमा ताल्चा लगाएर भागेका हुन् ।

ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार साँझ मृत्यु भएका बुङ्मतीका एक पुरुषलाई दाह संस्कारका लागि शव लैजाँदा शवदाह गृह बन्द थियो ।

अस्पतालबाट मृतक पुरुषको शवलाई विश्व स्वास्थ्य संगठनको नियम पालना गरेरै लगिएको थियो ।

तर शव दाह गृहमा कर्मचारी नभएपछि अर्को घाटबाट कर्मचारी ल्याई उनीहरुलाई प्रहरीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) दिएपछि शव जलाउने प्रक्रिया सुरु भएको थियो ।

यद्यपि, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भने शव दाहगृह बन्द नभएको बताए । उनले ६ बजे नियमित शवदाह गृह बन्द हुने गरेकोले शवदाह गृहमा ताल्चा लगाएको देखिए पनि केहीबेरमा नै शवदाह गृह खुला गरेर मृतकको अन्त्येष्टि सुरु गरिएको अनलाइनखबरलाई बताए ।

यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी महिलाको पनि शव दाहगृहमै शव अन्त्येष्टि गरिएको थियो ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*