काठमाडौं, १५ जेठ । सरकारकाले पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेटको व्यवस्था गरेको छ । सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने लक्ष्य पनि सरकारले लिएको छ ।
संघीय संसदमा आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने नीति पनि सरकारले लिएको जानकारी दिनुभयो ।
उहाँले राष्ट्रसेवक कर्मचारी र संगठित क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने पनि बताउनुभयो । अर्थमन्त्री खतिवडाले राष्ट्रसेवकको पोशाक र जुत्ता स्वदेशमै उत्पादन हुने व्यवस्था मिलाइने पनि बताउनुभयो ।
Leave a Reply