अ,नाधिकृत नेपालको नक्सा छापे २० हजार ज,रिवाना

काठमाडौं । हालै जारी भएको अध्यावधिक नेपालको नक्सा नापी विभागको स्वीकृतिविना व्यवसायिक रुपमा मुद्रण गरी बिक्री वितरण गरे का,रवाही गर्ने चे,तावनी दिएको छ । यसअघि पनि गत जेठ १० गते विभागले सूचना जारी गर्दै अ,नाधिकृत रुपमा नक्सा छाप्न वा बिक्री वितरण नगर्न आग्रह गरेको थियो ।

मंगलबार विभागले दोस्रो पटक अर्को सूचना निकालेर कानुनविपरित नगर्न सचेत गराएको हो । यसरी का नुनविपरित कसैले नक्सा छापे वा बिक्री वितरण गरे २० हजार ज रिवाना र सो सामाग्री बरामद गर्न सकिने विभागको भनाई छ ।

‘कुनै पनि नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृत लिनुपर्ने विषय जग्गा नाँप जाँच ऐन २०१९ को उपदफा ११ घ व्यवस्था भएको हुँदा सो बमोजिम स्वीकृति लिई प्रकाशन, मुद्रण तथा बिक्री वितरण भए नभएको अनुगमन हुँदा सो का नूनी व्यवस्था वि परित पाइएमा त्यस्ता का नुन विपरित गर्ने गराउने उपर नाप जाँच ऐन २०१९ को दफा १२ को उपदफा ५ बमोजिम का रवाही हुने व्यहोरा पुन स्मरण गराउँदै यस प्रकारको गर्न नगराउन सवैलाई जानकारी गराइन्छ’ विभागका महानिर्देशक प्रकाश जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।-रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*